उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा हिराचन विजयी

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा हिराचन विजयी

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को कोषाध्यक्षमा सुकुन्तलाल हिराचन विजयी भएका छन्।

सोमबार भएको निर्वाचनमा  डिबी बस्नेतलाई हराएर उनी निर्वाचित भएका हुन्। हिराचनले ४० मत पाउँदा बस्नेतले ३१ मत मात्र पाए।

हिराचन अध्यक्ष शेखर गोल्छा समूहबाट  र बस्नेत वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समूहबाट उम्मेदवार बनेका थिए।

शनिबार भएको चुनावमा हिराचन  किशोर प्रधान समूहबाट  वस्तुगततर्फको कार्यकारिणी समितिमा  र बस्नेत ढकाल प्यानलबाट महासंघको जिल्लानगरतर्फको कार्यकारिणी सदस्यमा विजयी भएका थिए।


Leave a Reply

Your email address will not be published.