उद्योग वाणिज्य महासंघको विशिष्ट सदस्यमा मुरारका

उद्योग वाणिज्य महासंघको विशिष्ट सदस्यमा मुरारका

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का पूर्वअध्यक्ष पशुपति मुरारका विशिष्ट सदस्यमा नियुक्त भएका छन्। 

गत शनिबार सम्पन्न महासंघको ५४औं साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले पूर्वअध्यक्ष मुरारकालाई विशिष्ट सदस्य नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले वरिष्ठ उपाध्यक्षमा पराजित किशोर प्रधानलाई मानार्थ सदस्यमा नियुक्त गरेको छ भने केन्द्रीय कार्यकारिणी समितिमा प्रदेश १ का अध्यक्ष नरेश खड्का मनोनित भएका छन्।


Leave a Reply

Your email address will not be published.