साधारणबाट पनि असाधारण काम लिन सकिन्छ : अध्यक्ष गोल्छा

साधारणबाट पनि असाधारण काम लिन सकिन्छ : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रको सुदृढिकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै लैजाने बताएका छन्।

महासंघको अध्यक्षको पदबहाली गर्दै गोल्छाले आफ्नो मुख्य लक्ष्य र उद्देश्य निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउने रहेको र आफूले अगाडि बढाएका कार्ययोजनालाई प्रभावकारीरूपमा सम्पादन गर्न आग्रह गरे।

उनले उचित वातावरण भएमा साधारणबाट पनि असाधारण काम लिन सकिने बताए। ‘सचिवालयलाई पूर्णरुपमा सुदृढिकरण गर्ने मेरो मुख्य प्राथमिकता रहेकाले सोही अनुसार वातावरण निर्माण गर्ने, कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी सञ्चालन, सेवा सुविधा लगायतमा पनि ध्यान दिनेछु,’ उनले भने।

त्यसअघि महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको नेतृत्वमा महासंघ सचिवालयका सम्पूर्ण कर्मचारीहरूले अध्यक्ष गोल्छालाई स्वागत गरेका थिए।

कार्यक्रममा महासंघका नवनिर्वाचित उपाध्यक्ष (जिल्ला/नगर) दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्य अरुणराज सुमार्गीको पनि उपस्थिति थियो।


Leave a Reply

Your email address will not be published.