भक्तपुरमा वारुण यन्त्र कार्यालयको शिलान्यास

भक्तपुरमा वारुण यन्त्र कार्यालयको शिलान्यास

भक्तपुर दुधपाटीस्थित जुद्ध वारुण यन्त्र कार्यालय (दमकल) भवनको सोमबार शिलान्यास गरिएको छ। 

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भवनको शिलान्यास गरेका हुन्। नयाँ भनव निर्माण भएसँगै भक्तपुरमा वारुण यन्त्रका दुई वटा भवन हुनेछन्। भवन निर्माण कार्य २१ महिना सकिने बताइएको छ।

गेलालले भवन निर्माण हुन लागेकोमा खुसी व्यक्त गरेका थिए। 'वरुण यन्त्रको कुनै भूगोल हुँदैन। वरुण यन्त्रले भक्तपुरमा मात्र नभई सबै क्षेत्रमा सेवा प्रदान गर्ने छ', उनले भने।

वरुण यन्त्रका प्रमुख सुरज निरौलाले दुई वटा भवन बन्न लागेकोमा खुशी व्यक्त गरे। भवन निर्माणका लागि ६ करोड २६ लाख ४९ हजार आठ सय ११ रुपैयाँ लागत छुट्याएको निरौलाले बताए।

निरौलाले तोकिएको समयमै काम सम्पन्न गर्न सिएम नव सिर्जनशिल सिलेट कन्ट्रक्सनका प्रमुख रवि गौतमलाई अनुरोध गरेका छन्।

वरुण यन्त्रका सुचना अधिकारी विजय धौभडेलले भूकम्पपछिको लामो समय भवन निर्माणका लागि खटिएको बताए। भवन दमकल राख्न र कर्मचारीको सेवाको लागि मात्र नभई देशभरकै दमकलमा कार्यरत कर्मचारीलाई तालिम दिने योजना साथ बनाइन लागिएको बताए।

वरुण यन्त्रमा ६ वटा दमकल छन्। जसमा तीनवटा सञ्चालनमा छन् भने तीनवटा बिग्रिएका छन्।


Leave a Reply

Your email address will not be published.