२० प्रतिशत लाभांश दिने हिमालयन बैंकको घोषणा  

२० प्रतिशत लाभांश दिने हिमालयन बैंकको घोषणा  

हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि उक्त लाभांश वितरण गरिनेछ।

हिमालयनले गत वर्ष १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद गरी कुल २२ प्रतिशत लाभांश वितरण गरेको थियो।


Leave a Reply

Your email address will not be published.