कीर्तिमानी कारोबार हुन थालेपछि धितोपत्रले भन्यो-सजग भई लगानी गर्नु

कीर्तिमानी कारोबार हुन थालेपछि धितोपत्रले भन्यो-सजग भई लगानी गर्नु

नेपाल धितोपत्र बोर्डले सुसूचित भई बुझेर मात्र सेयर बजारमा लगानी गर्न आह्वान गरेको छ।

पछिल्लो समय दोस्रो सेयर बजारमा उच्च परिमाणको सेयर कारोबार हुनुका साथै कीर्तिमानी बन्न थालेपछि बोर्डले सोमबार विज्ञप्ति जारी गरी लगानीको सुरक्षालाईसमेत ध्यान दिएर सुझबुझपूर्ण रुपमा लगानी गर्न भनेको हो।

बोर्डका प्रवक्ता निरज गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचिकृत संगठित संस्थाको वित्तीय अवस्थाको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षा आदिलाई समेत दृष्गित गरी सजग भई सुझबुझपूर्ण रुपमा लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई बोर्ड अनुरोध गर्दछ।’

सोमबार नेप्से २९ अंकले बढेर ८ अर्ब ८६ करोडको सेयर किनबेच भएको छ।

नेपालको धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता रहेकामा डिम्याट खाताको संख्या २१ लाख ८० हजार छ।

नेप्सेको अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेको बोर्डले उल्लेख गरेको छ।


Leave a Reply

Your email address will not be published.