जापानका राजकुमारले स्वीकार गरे छोरीका प्रेमी

जापानका राजकुमारले स्वीकार गरे छोरीका प्रेमी

जापानकी युवराज्ञी माको र उनका प्रेमी केई कोमुरो विवाह बन्धनमा बाधिने भएका छन्।

राजकुमार फुमिहितोले छोरीको विवाह गर्नका लागि अनुमति दिएपछि विवाह गर्ने टुङगो लागेको हो।

युवराज्ञी र सामान्य घरानाका उनका प्रेमीले सन् २०१७ मै इन्गेजमेन्ट गरिसकेका थिए। 

२०१८ मा तय भएको उनीहरूको विवाह राजपरिवारको स्वीकृति नभएपछि रोकिएको थियो। 

आर्थिक समस्याको कारण देखाउँदै विवाहमा रोक लगाइएको थियो। 

२९ वर्षीय यो जोडीको विवाह कहिले हुन्छ भन्ने खुलाइएको छैन तर, विवाह भएपछि युवराज्ञीले आफ्नो साही खान्दान छोड्नुपर्ने हुन्छ। 
राजकुमार फुमिहितोले भनेका छन्,  ‘दुबैको यही इच्छा छ भने यसलाई हामीले पनि कदर गरेका छौं।


Leave a Reply

Your email address will not be published.