चलचित्र ‘शुभलभ’ युट्युबमा

चलचित्र ‘शुभलभ’ युट्युबमा

ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभलभ’ युट्युबमा सार्वजनिक गरिएको छ। गत वर्ष चैत्र १५ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

चलचित्र ‘शुभलभ’ को निर्माण तथा निर्देशन सन्तोष बाबु लोहनीले गरेका हुन्। बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन्।

चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ। ‘शुभलभ’ मा हरिहर अधिकारी, कृष्टिन पौडेल, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, सुर्या थापा, अनुज पाण्डेलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।


Leave a Reply

Your email address will not be published.