बाँके प्रहरीको सक्रियताले भेटियो हराएको चार लाख 

बाँके प्रहरीको सक्रियताले भेटियो हराएको चार लाख 

बाँके प्रहरी पाँच दिनअघि नगद रुपौयाँसहित हराएको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गराउन सफल भएको छ। गत मंसिर १० गते दमदराबाट बानियाभार जाने क्रममा बाँकेको बैजनाथ गाँउपालिका-३ की राधिका विकले पैसासहितको झोला हराएकी थिइन्।

१० गते बेलुका ४:३० बजे नगदसहितको झोला हराएको भन्दै वडा प्रहरी कार्यालय नेपालगन्जमा निदेवन दिएकी विकले त्यसको पाँच दिनपछि सोमबार  हराएको रुपैयाँ फिर्ता पाएकी हुन्।

प्रहरी कार्यालय बाँकेका प्रमुख ओम रानाले सोमबार विकलाई नगदसहितको झोला फिर्ता गरेका हुन्। झोला हराएको खबर पाए लगत्तै वडा प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक दिल्लि बहादुर खडका्को नेतृत्वमा खटिएको प्रहरी टोलीले घटना भएको ५ दिनपछि नगद ४ लाख फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।


Leave a Reply

Your email address will not be published.