विश्वराज पोखरेल एआइजीमा बढुवाका लागि सिफारिस

विश्वराज पोखरेल एआइजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाकालागी सिफारिस भएका छन्।

सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले मन्त्रिपरिषद्ले थपेको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो। 

डिआइजी पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।

केही अघिमात्रै मन्त्रिपरिषद् बैठकले एआइजीको दरबन्दी थपेको थियो। उनी सोही एक दरबन्दीमा बढुवा सिफारिस भएका हुन्।

पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलका भाइ नाता पर्छन्।


Leave a Reply

Your email address will not be published.