अन्तिम खेल वर्षाले प्रभावित, न्युजिल्याण्डले जित्यो सिरिज

अन्तिम खेल वर्षाले प्रभावित, न्युजिल्याण्डले जित्यो सिरिज

वेस्ट इन्डिजविरुद्धको तीन टिट्वान्टी खेलको सिरिज न्युजिल्याण्डले २-० ले आफ्नो पक्षमा पारेको छ। 

अन्तिम खेल वर्षाले प्रभावित हुनुअघि नै सिरिज आफ्नो पक्षमा पारिसकेको न्युजिल्याडविरुद्धको अन्तिम खेलमा सान्त्वना जित निकाल्ने वेस्ट इन्डिजको सपना वर्षाले तुहाइदियो। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २.२ ओभरमा एक विकेट गुमाएर २५ रन जोडेको अवस्थामा पानी परेपछि खेल स्थगित भएको थियो। वर्षा लगातार जारी रहेपछि खेल अगाडि बढ्न सकेन र सिरिज न्युजिल्याण्डले २–० ले आफ्नो पक्षमा पार्‍यो।

यसअघिको पहिलो खेलमा न्युजिल्याण्ड ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा ७२ रनले विजयी भएको थियो। 

दुवै टाेली बीच अब टेस्ट सिरिज हुने छ। पहिलो टेस्ट बिहिवार हुनेछ।


Leave a Reply

Your email address will not be published.