नेपालका ‘ए’ डिभिजन क्लबलाई दिएन एएफसीले लाइसेन्स  

नेपालका ‘ए’ डिभिजन क्लबलाई दिएन एएफसीले लाइसेन्स  

एसियाली फुटबल महासंघले (एएफसी) नेपालका १३ ‘ए’ डिभिजन क्लबले दिएको क्लब लाइसेन्सको आवेदन खारेज गरेको छ। 

नेपाली क्लबहरुले लाइसेन्सका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको भन्दै एएफसीले आवेदनहरु खारेज गरेको जनाएको छ। गत वर्ष पनि एएफसीले नेपाली क्लबहरुको आवेदन आवश्यक मापदण्ड नपुगेको भन्दै खारेज गरेको थियो।

आवेदन खारेज भएसँगै सन् २०२१ मा एएफसीले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा क्लबहरुले भाग लिन पाउने छैनन्।

क्लब लाइसेन्स नभएकै कारण ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले एएफसी कपको छनोट चरण खेल्न पाएन। एएफसीले त्रिभुवन आर्मी क्लबले एएफसी लाइसेन्सका लागि गरेको प्रयासको भने तारिफ गरेको छ।

लाइसेन्सका लागि एन्फाले पुनः एएफसीसँग अनुरोध गर्ने भएको छ।

क्लब लाइसेन्सका लागि क्लबको आफ्नै खेल मैदान, युवा टोली, एकेडेमी, खेलाडी बसोबासको व्यवस्था, प्रशिक्षण गर्ने स्थान, खेलाडी, प्रशिक्षक र पदाधिकारी हुनुपर्नेलगायत मापदण्डको व्यवस्था गरिएको छ।


Leave a Reply

Your email address will not be published.