रोजगारी सिर्जना गर्ने निजी क्षेत्रसँग सहकार्य गरिनेछ : अर्थमन्त्री पौडेल

रोजगारी सिर्जना गर्ने निजी क्षेत्रसँग सहकार्य गरिनेछ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोराना भाइरस (कोभिड-१९) ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेकोे बताएका छन्। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २३औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिडको असर कम गर्न सरकार एक्लैले नसक्ने भएकाले निजी क्षेत्रको सहकार्य अति आवश्यक रहेको बताएका हुन्।

अहिले लगानी र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ निजी क्षेत्रसँग सहकार्य गर्ने उनले बताए। अर्थमन्त्री पौडेलले नेपाली अर्थतन्त्रलाई चलायमान गराई लगानी र रोजगारी वृद्धिमा केन्द्रित भई अर्थतन्त्र तुल्याउने दिशातर्फ अगाडि बढ्ने बताए। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारको विशेष कार्यक्रम आवश्यक रहेको बताए।

अवको दिनमा समुन्नत मुुलुक निर्माणका लागि निजी क्षेत्र रणनीति बनाएर काम गर्न लागेकाले यसका लागि सरकारको सहयोग आवश्यक रहेको गोल्छाको भनाइ छ। 

दोहोरो दरको आर्थिक बृद्धि, वार्षिक ४ लाख युवालाई रोजगारी सिर्जना, व्यापार घाटा न्यूनिकरण गरी आत्मनिर्भर अर्थतन्त्र बनाउन निजी क्षेत्र आतुर रहेको उनले बताए।


Leave a Reply

Your email address will not be published.