लगातार चारदिन घटेको सुनको भाउ मंगलबार बढ्यो

लगातार चारदिन घटेको सुनको भाउ मंगलबार बढ्यो

नेपाली बजारमा पछिल्ला चारदिन लगातार ओरालो लागेको सुनको भाउ मंगलबार बढेको छ।

सुनको भाउ पछिल्ला चारदिनमा १ हजार ५ सय रुपैयाँले घटेकामा मंगलबार ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार ९० हजारमा किनबेच भएको थियो।

सोमबार ८९ हजार ५ सय ५० मा किनबेच भएको तेजावी सुनको भाउ मंगलबार ९० हजार ५० रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ। महासंघका अनुसार सोमबार १ हजार १ सय २० मा किनबेच भएको चाँदीको भाउ मंगलबार १ हजार १ सय ५५ रुपैयाँ तय भएको छ।


Leave a Reply

Your email address will not be published.