२०२० को चर्चित शब्द ‘प्यान्डेमिक’

२०२० को चर्चित शब्द ‘प्यान्डेमिक’

सन् २०२० मा एउटा शब्द निकै प्रख्यात भएको छ। 

मराइम वेबस्टर नामक एक अनलाइन शब्दकोषले ‘प्यान्डेमिक’ (महामारी) शब्द २०२० कै सबैभन्दा खोजिएको र प्रचलित शब्द भएको जनाएको छ। 

शब्दकोषका सम्पादक पिटर सोकोलोस्कीले यो शब्द चर्चित हुनुमा कुनै आश्चर्य नभएको बताएका छन्। कोरोना महामारीकै कारण मानिसलाई शब्द प्राविधिक नभई सामान्य हुन गएको उनले बताए। 

मार्चदेखि यो शब्द चर्चामा आयो। जब विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणलाई महामारीको संज्ञा दियो तब धेरैको ध्यान बटुल्यो।

मराइम वेबस्टर डटकममा जनवरी र फ्रेबुअरीमा अमेरिकामा पहिलो मृत्यु भएपछि धेरै मानिसले इन्टरनेटमा सर्च गरेको शब्द प्यान्डेमिक थियो। 

अहिले पनि उक्त शब्दकोषमा धेरै मानिसले शब्दको अर्थ खोजिरहेको उनले बताए। 

झन्डै १ लाख १५ हजारर ८ सय ६ प्रतिशतले मार्च ११ सम्म प्यान्डेमिकको अर्थ खोजेका थिए जुन अघिल्लो वर्षभन्दा धेरै रहेको छ। 

प्यान्डेमिक शब्द १ हजार ६ सय वर्षदेखि प्रयोगमा ल्याइएको हो र यसलाई रोगसँग सम्बध गरेर १ हजार ६ सय ६० वर्षदेखि धेरै प्रयोग गरिएको छ। प्लेग सुरु भएपछि यो शब्दको प्रयोग गर्न थालिएको हो। 

मानिसले धेरैजसो भ्यालेन्टाइनका दिनमा ‘लभ’ भनेर बढी खोज्ने गरेका छन् भने थ्याङक्स गिभिङमा ‘कर्नोकोपिया’ शब्दको अर्थ खोजिने गरिएको छ।


Leave a Reply

Your email address will not be published.