जेडआइइसी-पप्पु कालोसूचीमा

जेडआइइसी-पप्पु कालोसूचीमा

ठेकेदार कम्पनी जेडआइइसी–पप्पु जेभी कालोसूचीमा परेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, डिभिजन काठमाडौंको सिफारिसमा जेडआइइसी–पप्पुलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो।

जेडआइइसी–पप्पु निलम्बित सांसद हरिनारायण रौनियारका छोरा सुमित रौनियारको निर्माण कम्पनी हो।

कालोसूचीमा किन पर्‍यो?

जेडआइइसी–पप्पुले मापदण्ड पालना नगरी बनाएको भन्दै  टेकु-कालीमाटी जोडने कालीमाटीको पुलको ठेक्का रद्द गरिएको थियो। संसदीय समितिको निर्देशनमा  ठेक्का २०७६ पुसमा तोडिएको थियो। 

टेकु पुल निर्माणमा माथिल्लो खण्ड (सुपर स्ट्रक्चर) अन्तर्गत बिम (गर्डर) मा राखिएको तन्किने तार (टेनडम केबल) को गुणस्तरमा प्रश्न उठेपछि ठेक्का रद्द गरिएको थियो।
 


Leave a Reply

Your email address will not be published.