स्कुटर दुर्घटना हुँदा भक्तपुरमा एकजनाको मृत्यु

स्कुटर दुर्घटना हुँदा भक्तपुरमा एकजनाको मृत्यु

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मध्यपुर ठिमि नगरपालिका–९ राधेराधे बस्ने २९ वर्षीय  राजु तामाङ रहेका छन्।

उनको सोमबार राति उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो।

सोमबार राति भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेका उनले चढेको बा ७३ प ३८२ नं को स्कुटर अनियन्त्रित भई ठिमि नगरपालिका–४ एस.एस. चोक नजिक दुर्घटनामा परेको थियो।

गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि मध्यपुर अस्पताल ठिमि लगिएकोमा पछि नर्भिकमा रिफर गरिएको र उनको त्यहीँ मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले जानकारी दिए। 


Leave a Reply

Your email address will not be published.