अमेजन जंगल विनास बढ्दो, विश्वका लागि खतरा

अमेजन जंगल विनास बढ्दो, विश्वका लागि खतरा

विश्वकै ठूलो कार्बन भण्डारको रूपमा मानिने ब्राजिलको अमेजन जंगल विगत १२ वर्ष यताकै सबैभन्दा बढी विनास भएको छ। 

विनास गति बढ्दै जाँदा यसले विश्वव्यापी तापक्रममा वृद्धि गराउने चिन्ता पनि बढ्न थालेको छ।  

ब्रजिलको नेशनल स्पेश रिसर्च एजेन्सीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष ९.५ प्रतिशतले वनविनाश बढेको छ। 

अगस्ट २०१९ देखि जुलाई २०२० का बीचमा मात्रै ११ हजार ८८ वर्ग किलोमिटर क्षेत्रफलको वन सखाप भएको छ।

२०१८ मा ७ हजार ५ सय ३६ वर्ग किलोमिटर क्षेत्रफलको वन विनास भएको थियो। 

राष्ट्रपति जयर बोल्सोनारोले कार्यालय सम्हालेपछि वन विनाश बढेको र संरक्षणका लागि केही पहल नगरेका कारण यस्तो अवस्था सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन्।


Leave a Reply

Your email address will not be published.