बालुवाटारमा सुरू भयो नेकपा सचिवालय बैठक

बालुवाटारमा सुरू भयो नेकपा सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ। बैठक केहीबेरअघि सुरू भएको हो।

बैठकमा दुवै अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेकोछ। 

यसअघि कात्तिक २८ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन पेश गरेका थिए। र, मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रतिवेदनको जवाफसहितको प्रतिवेदन पेश गरेका थिए। 

दुवै प्रतिवेदन अध्ययनका लागि सचिवालय सदस्यहरूलाई बाँडिएको थियो। 


Leave a Reply

Your email address will not be published.

थप समाचार