बाल यौनदुराचारको आरोपमा फ्रेन्च नागरिक पक्राउ, तीन बालकको उद्धार

बाल यौनदुराचारको आरोपमा फ्रेन्च नागरिक पक्राउ, तीन बालकको उद्धार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बाल यौनदुराचारको आरोपमा फ्रेन्च नागरिकलाई पोखराबाट पक्राउ गरेको छ।

सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार पोखराको खहरे बस्ने फ्रेन्च नागरिक क्रिस्चियन सर्ज हेनरी नुगरेटलाई पक्राउ गरिएको हो। र, तीनजना बालकलाई उद्धार गरिएको छ।

उनी नन टुरिजम भिसामा नेपाल बस्दै आएको खुलेको छ।

उनीमाथि बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउने गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ।


Leave a Reply

Your email address will not be published.

थप समाचार