प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई खुवाए ‘बर्थडे’ केक

प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई खुवाए ‘बर्थडे’ केक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा जन्मदिनको केक खुवाएका छन्।

नेकपाको केन्द्रीय सचिवालय बैठक सुरू हुनुभन्दा पहिले मंगलबार जन्मदिन परेका महासचिव पौडेललाई बालुवाटारमै केक खुवाइएको छ। पौडेललाई सुरूमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केक खुवाएका थिए। 

त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालयका अन्य नेताहरूले पौडेललाई केक खुवाउँदै जन्मदिनको शुभकामना दिएका थिए। अहिले बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी छ। 

बैठकमा दुवै अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेकोछ।

 


Leave a Reply

Your email address will not be published.