नेकपाको बैठक सकियो, दुवै अध्यक्षका प्रतिवेदनमा छलफल सुरु

नेकपाको बैठक सकियो, दुवै अध्यक्षका प्रतिवेदनमा छलफल सुरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार सुरु भएको सचिवालय बैठक सकिएको छ। आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेका प्रस्तावमाथि छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आज बालुवाटारमा बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक रूपमा छलफल सुरू गरिएको उनले बताए। श्रेष्ठका अनुसार सचिवालय बैठक बुधबार दिउँसो १ बजे फेरि बस्ने छ।

यसअघि कात्तिक २८ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन पेश गरेका थिए। र, मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रतिवेदनको जवाफसहितको प्रतिवेदन पेश गरेका थिए।


Leave a Reply

Your email address will not be published.