२० प्रतिशत बोनस बाँडदै चिलिमे हाइड्रोपावर

२० प्रतिशत बोनस बाँडदै चिलिमे हाइड्रोपावर

चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०७६*७७ को मुनाफाबाट चुक्ता पुँजी १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। 

चिलिमेले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गरेको थियो।

कम्पनी सञ्चालक समितिको बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपपछि लाभांश वितरण हुनेछ।  कम्पनीको २४औं वार्षिक साधारणसभा पुस १२ गते बस्दै छ।


Leave a Reply

Your email address will not be published.