पेट्रोलियम चोरीको सूचना दिनेलाई पुरस्कार

पेट्रोलियम चोरीको सूचना दिनेलाई पुरस्कार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा हुने चोरी नियन्त्रणका लागि कार्यविधि बनाउन सुरु गरेको छ। निगमले पेट्रोलियम पदार्थ चोरीको  सुराकी गर्नेलाई पुरस्कृत गर्नेगरी कार्यविधि बनाउन लागेको हो।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पछिल्लो समय पेट्रोल चोरीका घटना बढ्दै गएको बताउँदै सुराकी गर्नेलाई खर्चको व्यवस्था गर्नेगरी कार्यविधि बनाउन लागिएको बताए।

पछिल्लो चार महिनामा निगममा पेट्रोलियम चोरीका आधा दर्जन घटना बाहिरिएको उनले बताए। 

सुराकीहरूले भारतबाट पेट्रोल, डिजेल ल्याउने ट्यांकर र यताको पेट्रोल पम्पहरूमा हुने मिसावटबारे निगमलाई सूचना दिन सक्ने पौडेलको भनाइ छ। 

सूचनाको आधारमा अनुसन्धान गर्दा चोरी वा मिसावट पुष्टि भए उक्त परिमाण बराबरको तेलको मूल्य हिसाब गरेर सुराकी खर्च दिइने गरि कार्यविधि बनाउन लागिएको पौडेलले बताए।


Leave a Reply

Your email address will not be published.