बैतडीको डिलाशैनी गाउँपालिकामा १० दिन लकडाउन हुने

बैतडीको डिलाशैनी गाउँपालिकामा १० दिन लकडाउन हुने

बैतडीको डिलाशैनी गाउँपालिकामा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ। 

मंगलबार एकैदिन गाउँपालिका क्षेत्रमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बुधबारदेखि १० दिनका लागि लकडाउन घोषणा गरेको हो। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार गाउँपालिकामा अहिले १६ जना सक्रिय संक्रमित रहेका छन्। पालिकामा थप संक्रमण फैलन सक्ने देखिएपछि विपद् व्यवस्थापन समितिको निर्णयलाई कार्यान्वयन गर्दै लकडाउन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत शाहले बताए। 

लकडाउनको अवधिमा छोटो तथा लामोदुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने गाउँपालिका तथा वडाबाट प्रदान हुने आकस्मिक बाहेकका सबै सेवा बन्द गरिने भएको छ। 

लकडाउनसँगै गाउँपालिकाका सबै शैक्षिक संस्था बन्द हुने भएका छन्। लकडाउनसँगै दुई व्यक्ति एक ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाइएको शाहले बताए। 

लकडाउनको अवधिमा दैनिक उपभोग्य पसल बिहान ८ बजेदेखि ९ बजेसम्म खुल्ला राख्ने, गाउँपालिकाभित्रका बैंक तथा बित्तीय संस्थाहरू हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार मात्रै खुला रहने बताइएको छ।


Leave a Reply

Your email address will not be published.

थप समाचार