महामारीमा पनि घरेलु हिंसा बढ्दो

महामारीमा पनि घरेलु हिंसा बढ्दो

कोरोना महामारीमा पनि महिलामाथि हुने हिंसाका घटना बढ्न थालेका छन्। 

तीमध्ये घरेलु हिंसाका घटना चिन्ताजनक हिसाबमा बढको पाइएको हो।

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान मनाउने क्रममा जोन्टा क्लबले आयोजना गरेको वेबिनार कार्यक्रममा बोल्दै अधिवक्ता तथा महिला, कानुन र विकास फोरम (एफडब्लुएलडी) का कार्यकारी निर्देशक सबिन श्रेष्ठले महामारीमा घटनाक्रम वृद्धि भएको बताएका छन्। 

उनले महिला घरमै अपराधीसँग अड्किरहेको बताए। 

‘अहिले पनि लकडाउनले गर्दा कानुन प्रभावित छ जहाँ व्यक्तिले अपराध रिपोर्ट गर्न सक्दैनन्,’ उनले भने, ‘उनीहरूले अदालत जान र रिपोर्ट गर्न पिसिआर रिपोर्ट प्राप्त गर्नुपर्ने हुन्छ।’ 

उनले घरेलु हिंसाका घटनाका लागि पनि होम डेलिभरी सेवाको आवश्यकता भएको बताए। 

आइओएमकी चिफ अफ मिसन लोरेनो ल्यान्डोले कोभिड–१९ मा लिंग आधारित हिंसाबारे जागरुकता बढाउनेबारे बोल्दै पीडितले कसरी उनीहरूको समस्या रिपोर्ट गर्न सक्षम हुनुपर्दछ र डरले यसलाई लुकाउन नहुनेमा जोड दिइन्। ‘यो चेनलाई तोड्ने समय हो,’ उनले भनिन्।

वुमन लिड नेपालकी कार्यकारी निर्देशक हिमा विष्टले कोभिडको समयमा युवा निराश भएको बताइन्। 

उनले हिंसाबारेमा कुरा गर्दा केवल महिलामात्र नछुट्टाएर केटा र पुरुष पनि कसरी समावेश गर्ने भन्ने छलफल गरिन्।


Leave a Reply

Your email address will not be published.

थप समाचार