च्याम्पियन्स लिगमा रियल मड्रिड पराजित, लिभरपुल नकआउटमा 

च्याम्पियन्स लिगमा रियल मड्रिड पराजित, लिभरपुल नकआउटमा 

च्याम्पियन्स लिगको समूह चरणमा भएको खेलमा बलियो रियल मड्रिड पराजित हुँदा अर्को चरण प्रवेश कठिन बनेको छ।

रियल मंगलबार राति सम्पन्न खेलमा सख्तर डोनेस्कसँग २–० ले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा रियल डोनेस्कसामु निरिह देखियो। रियललाई नमिठो हार चखाउन डोनेस्कका डेन्टिन्होले खेलको ५७ औं मिनेटमा गोल गरे। त्यसपछि ८२ औं मिनेटमा मनोर सोलोमनले अग्रता दोब्बर पार्दै टोलीको जित सुनिश्चित गरे।

रियललाई नकआउट यात्राका लागि अब अर्को साता हुने खेलमा जर्मन टोली बोरुसिया मोन्चेनग्लाडबाचलाई हराउनैपर्ने हुन्छ। रियल समूह बी को तेस्रो स्थानमा छ। 

यस्तै मंगलबार राति नै भएको समूह डी को खेलमा जित निकाल्दै लिभरपुलले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। 

लिभरपुलले समूहको आफ्नो पाँचौ खेलमा आयाक्स एम्सटर्डम १–० ले पराजित गर्यो। लिभरपुलका लागि एकमात्र विजयी गोल खेलको ५८ औं मिनेटमा कर्टिस जोन्सले गरे। लिभरपुलले पाँच खेलबाट १२ अंक जोडेको छ। समूह चरणमा उसले एक हार मात्र व्यहोरेको छ। 

Image

यस्तै मंगलबार नै भएका अन्य खेलमा साल्जवर्गले लोकोमोटिभ मस्कोलाई ३–१ ले, इन्टर्नएजियोनेटले बोरुसिया मोन्चेङ्लाबाकलाई ३–२ ले र मार्सेलीले ओलम्पियाक्सलाई २–१ ले पराजित गरे। 

म्यान्चेस्टर सिटी र एफसी पोर्टोले गोलरहित बराबरी खेल्दा एट्लेटिको मड्रिड  र वार्यन म्युुनिक तथा एटलान्टा र मिजिल्याण्डले १–१ को बराबरी खेले। 

अब समूह चरणमा सबै टोलीले एकएक खेल मात्र खेल्न बाँकी रहेको छ। अर्को साता नकआउट चरण पुग्ने सबै टोलीको टुङ्गो लाग्ने छ।


Leave a Reply

Your email address will not be published.