संरक्षणको पर्खाइमा संखुवासभाको गुफापोखरी 

संरक्षणको पर्खाइमा संखुवासभाको गुफापोखरी 

मौसम खुल्दा होस् या हिउँले ढपक्क छोप्दा होस्, संखुवासभाको चैनपुर नगरपालिका-१ मा रहेको गुफापोखरी पुग्ने पर्यटकको घुइँचो हुनेगर्छ। पहाडको टुप्पोमा रहेको पोखरीको नीलो पानीमा मकालु हिमाल तैरिरहेको देख्दा जो कोही मन्त्रमुुग्ध हुन्छन्। पोखरी आसपास देखिने संखुुवासभा र ताप्लेजुङ क्षेत्रका हिमश्रृङखलाको दृष्यले त झनै मोहनी लगाउँछ। 

समुन्द्री सतहदेखि २८ सय ९० मिटर उचाईमा रहेको संखुवासभाको यही पोखरी अहिले अतिक्रमणको चपेटामा परेको छ। पोखरी छेउबाट मदन भण्डारी राजमार्गको ट्रयाक खोलिएपछि पोखरीमा मुलको पानी सुक्दै जान थालेको र पोखरीको सतह साँघुरीन थालेकोमा स्थानीय चिन्तित छन्।  

पोखरीको महत्व बुुझेर टाढाटाढादेखि यस ठाउँ पुुग्ने पर्यटक पोखरीको अवस्था देखेर दुःखी हुँदै फर्किने गरेका छन्। ‘गुफापोखरीको बारेमा विभिन्न सञ्चार माध्यममा देखेपछि लोभिएर यहाँसम्म आएको हुँ’, पर्यटक हेमन्त गौतमले भने, ‘जे सोचेको थिएँ त्यो अनुसार पोखरीको अवस्था नभएको देख्दा दुःख लाग्यो।’ उनले सरकार र स्थानीयले यसको संरक्षणमा वास्ता नगरेको गुनासो गरे। 

No description available.

चैनपुर नुनढाकीकै स्थानीय ८० वर्षीय शन्तवीर थक्लुङले लामो समयपछि गुुफापोखरी आइपुुग्दा पोखरीको नाजुक अवस्थाले दुःखी तुुल्याएको बताए। ‘हिउँदमा पनि वर्षाको जस्तै पानी जमेको हुन्थ्यो। पानीको निकासका लागि पोखरीमा विभिन्न ठाउँमा पाइप राखिएको हुन्थे’, उनले स्मरण गर्दै भने ‘अहिले पानीको सतह घटेको छ।’

बसन्तपुरदेखि टीमएमजेको यही रुट हुँदै कन्चजंघा अधार शिविरसम्म जाने स्वदेशी तथा विदेशी पर्यटकको घुुइँचो हुने गथ्र्यो। अहिले कोरोना त्रासका बीच आन्तरिक पर्यटक घुुमफिरमा निस्कन थालेपनि बाह्य पर्यटक भने देखिएका छैनन्। महत्वपूर्ण पर्यटकीय रुट भएको हुँदा गुुफापोखरीको महिमा निकै ठूलो हुनेगर्छ। 

No description available.

स्थानीयका अनुसार यस ठाउँमा हरेक वर्ष पोखरीको सतह माटोले पुर्दै लगेको छ भने, हिउँदयाममा पानी घट्दै गएको छ। पोखरीको संरक्षणका लागि कतैबाट गम्भीर पहल नभए यसको अस्तित्व नै संकटमा पर्ने देखिन्छ।

‘पोखरी भित्रको मूल मूहानको विकल्पमा पोखरीदेखि केही माथि पानीको अर्को सहायक मूल थियो। जबसम्म यो रोड थिएन तबसम्म पोखरीमा कहिलेपनि यसरी पानी सुक्दैन थियो’, स्थानीय शिक्षिका हिमा खनालले भनिन्, ‘रोड खनिएपछि त्यो पानीको मुहान सुक्यो। धेरै माथि अर्को नयाँ मुहान त देखियो तर, त्यसले पोखरीमा कुनै प्रभाव पारेन।’ 

डोजरले बाटो खन्दा भूमिगत रुपमा सिँचिएर आएको पानी भूगर्भबाटै अन्यत्र मोडिएको हुनसक्ने स्थानीयले आशंका गरेका छन्। 

No description available.

खनालका अनुसार चैत–वैशाखमा जस्तो अहिले मंसिरमै पानी सुक्न थालेको छ। ‘यही क्रममा सुक्दै जाने हो भने पोखरीमा पानी नहुने निश्चित छ’, उनले भनिन्, ‘पोखरीको अस्तित्व बचाउन सरकारलाई गम्भीर बन्न आग्रह गर्दछु।’ 

‘विश्वस्तरीय पर्यटकीय क्षेत्रको मौलिकता नै गुमे भोलि कसलाई बोलाउने’, नुनढाकीका स्थानीय प्रेम संजेल लिम्बुुले भने, ‘दीगो आर्थिक स्रोत बनाउन सक्ने आधार मासिदा चुप बस्ने कि जाग्ने?, स्थानीय सरकार गम्भीर बन्नुपर्छ।’

झण्डै ढेड मिटर गहिराइको पोखरीको एक तिहाई भाग माटोले पुरिँदै आएको छ भने पोखरी छेउ वरीपरी सिमेन्टको संरचना बनाइएको छ। गुँरासको राजधानी भनेर चिनिएको तीनजुरे मिल्के जलजले (टीएमजे) संरक्षित क्षेत्र भित्र गुफापोखरी पर्छ।

No description available.


Leave a Reply

Your email address will not be published.