कमल गार्मेन्टमा भिषण आगलागी, २ करोड बढीको क्षति

कमल गार्मेन्टमा भिषण आगलागी, २ करोड बढीको क्षति

बाँकेको नेपालगन्जमा रहेको कमल गार्मेन्टमा मंगलबार साँझ भिषण आगलागी भएको छ। 

नेपालगन्जको धम्बोझीमा रहेको गार्मेन्टमा आगलागी हुँदा २ करोड बढीको क्षति भएको सञ्चालक टंक धामीले बताए। 

धामीका अनुसार उद्योगको मेसिन, तयारी र काँचो कपडा सबै जलेर नष्ट भएको छ। 

बाँके प्रहरीले दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जनाएको छ।
 


Leave a Reply

Your email address will not be published.