सुनचाँदीको भाउ उकालो लाग्यो, तोलाको कति?

सुनचाँदीको भाउ उकालो लाग्यो, तोलाको कति?

नेपाली बजारमा सुनको भाउ दुई दिनमा १ हजार रुपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला चार दिनमा सुनको भाउ १ हजार ५ सय रुपैयाँले घटेकामा मंगलबार र बुधबार ५/५ सयले बढेको हो।

मंगलबार तोलाको ९० हजार ५ सयमा किनबेच भएको छापावाल सुनको भाउ बुधबार ९१ हजार रुपैयाँ कायम भएको छ। तेजावी सुनको भाउ तोलाको ९० हजार ५ सय ५० रुपैयाँ कायम भएको छ।

बुधबार चाँदीको भाउ पनि ३० रुपैयाँले उकालो लागेको छ। चाँदीको भाउ मंगलबार १ हजार १ सय ५५ रुपैयाँ रहेकामा बुधबार १ हजार १ सय ८५ मा किनबेच भइरहेको छ।


Leave a Reply

Your email address will not be published.