राष्ट्रपतिलाई मन्त्री भुसालको गुनासो : कृषि क्षेत्र प्राथमिकतामा पर्न सकेन

राष्ट्रपतिलाई मन्त्री भुसालको गुनासो : कृषि क्षेत्र प्राथमिकतामा पर्न सकेन

राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि वस्तुको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापनका कार्यलाई प्राथमिकता दिन आह्वान गरेकी छन्।

आफूलाई भेट्न पुगेका कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल र कृषि सचिव योगेन्द्र कार्कीसँगको छलफलमा राष्ट्रपति भण्डारीले बाली उत्पादन र बजारीकरणमा जोड दिन आग्रह गरिन्।

छलफलमा भण्डारीले अन्तरमन्त्रालय र अन्तरनिकाय समन्वय बढाउनुपर्ने, कृषि अनुदान किसानकहाँ पुग्ने वातावरण सृजना गर्नुपर्ने बताएकी थिइन्।

मन्त्री भुसालले कृषि क्षेत्र प्राथमिकतामा पर्न नसकेकोमा गुनासो गरेका थिए। उनले किसानको हित र कृषि क्षेत्र सुधारका लागि ‘संरक्षित कृषि सुनिश्चित बचत’ को अवधारणा अगाडि बढाइएको बताए।

कृषि सचिव कार्कीले मन्त्रालयले गरिरहेका काम र भावि योजनाबारे जानकारी गराएका थिए।
 


Leave a Reply

Your email address will not be published.