तोकिएकै समयमा महाधिवेशन गराउन पार्टीभित्र लडाइँ गरिरहेको छु : नेता पौडेल  

तोकिएकै समयमा महाधिवेशन गराउन पार्टीभित्र लडाइँ गरिरहेको छु : नेता पौडेल  

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४ औं महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने जिकिर गरेका छन्।

नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफूले आन्तरिकरुपमा संघर्ष गरिरहेको बताए। 

‘प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो। त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर मैले पार्टीभित्रै लडाइँ गरिरहेको छु। पार्टी र विधानको रक्षा गर्न पनि तोकिएको समयमा नै महाधिवेशन हुनुपर्छ।’, पौडेलले भने।

राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताउँदै नेता पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवद्र्धन र अन्यायविरुद्ध कांग्रेस सक्रिय भएर लाग्ने बताए।


Leave a Reply

Your email address will not be published.