क्रिकेट खेलाडी छनोट समितिमा उत्तम कर्माचार्य

क्रिकेट खेलाडी छनोट समितिमा उत्तम कर्माचार्य

नेपाल क्रिकेट संघ (क्यान) ले उत्तम कर्माचार्यको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै क्यानले गत मंसिर १५ गते बसेको कार्यसम्पादन समितिको बैठकले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान कर्माचार्यको संयोजकत्वमा छनोट समिति बनाएको बताएको छ।

यस्तै क्यानले संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समितिसमेत गठन गरेको जानकारी दिएको छ। क्यानले दुवै समितिमा रहने अन्य सदस्यको टुङ्गो संघको आगामी बैठकले लगाउने जनाएको छ।


Leave a Reply

Your email address will not be published.

थप समाचार