टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटबलमा भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। बुटवलको मुख्य बजार क्षेत्रको राजमार्ग अस्पताल लाइनमा गुडिरहेको टिपरले स्कुटरलाई ठक्कर दिँदा बुटबल सुखानगर निवासी ४९ वर्षका भरत शर्माको मृत्यु भएको हो।

गुडिरहेको लु४९प २५२ नम्बरको स्कुटरलाई ना७ख १३३९ नम्बरको टिपरले पछाडीबाट ठकर दिँदा शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करपछि स्कुटीबाट लडेका चालकलाई टिप्परले पुनः ठक्कर दिँदा शर्माको घटना स्थलमै मृत्यु भएको ट्रफिक प्रहरीले जनाएको छ।

दुघर्टनामा संलग्न चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published.