२० मिनेटमै सकियो नेकपा सचिवालय बैठक, २० गते फेरि बस्ने

२० मिनेटमै सकियो नेकपा सचिवालय बैठक, २० गते फेरि बस्ने

नेकपा सचिवालय बैठक सकिएको छ। आज अपराह्न १ बजेका लागि बोलाइएको बैठक डेढ घन्टा ढिलोगरी साढे २ बजे बसेको थियो।

तर, बैठक २० मिनेटमै सकिएको हो। बालुवाटरमै भएको आजको बैठकमा प्रधानमन्त्री ओली भने सहभागी भएनन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुई अध्यक्षका प्रतिवेदनमा छलफल हुन बाँकि रहेकाले अर्को बैठक फेरि २० गते बोलाइएको बताए।

मंगलबार बसेको बैठकमा यही मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा विवाद भए पनि त्यसबारे अध्यक्षद्वयका साथै अन्य नेताले बोल्ने क्रम सुरु भएको थियो । त्यसकै लागि आज पनि बैठक बोलाइएको थियो। 


Leave a Reply

Your email address will not be published.