मलाई हिरासतमा राखिएको छ : रामचन्द्र पौडेल

मलाई हिरासतमा राखिएको छ : रामचन्द्र पौडेल

भिडियो : प्रेस युनियन तनहुँका सचिव प्रकाश अधिकारीको फेसबुकबाट

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रहरीले हिरासतमा राखेको बताएका छन्। तनहुँको व्यास नगरपालिकास्थित बुल्दी खोलामा बनेको पुल उद्घाटन गर्न नेता पौडेल गृह जिल्ला पुगेका थिए।

नगरपालिकाले बनाएको उक्त पुल उद्‌घाटन नेता पौडेलबाट नगराउनभन्दै नेकपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए। 

त्यसको प्रति उत्तरमा कांग्रेस कार्यकर्ताले पनि प्रदर्शन गरेपछि जिल्ला प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञा जारि गरेको छ। उद्‌घाटन कार्यक्रम अहिले रोकिएको छ।

पुल क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। र, पौडेललाई पनि सुरक्षा घेरामा राखिएको छ। 

नेता पौडेलले फेसबुकमा लेखेका छन्, 'भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस!'


Leave a Reply

Your email address will not be published.