देशभर १४९० संक्रमित थपिए

देशभर १४९० संक्रमित थपिए

पछिल्लो २४ घन्टामा नेपालमा देशभर १ हजार ४ सय ९० कोरोना संक्रमित थपिएका छन्। आज थपिएकासँगै देशभर सक्रिय संक्रमित संख्या १६ हजार ५ सय ४७ रहेको डा. गौतमले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कूल २ लाख ३६ हजार २ सय ४६ जना संक्रमण पुष्टि भएको बताए। 

पछिल्लो २४ घन्टामा १ हजार ५ सय ६७ जनाले कोरोना जितेका छन्। योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या २ लाख १८ हजार १ सय ६१ रहेको छ।

सोहि अवधिमा थप ९ जनाले ज्यान गुमाएका छन्। योसँगै ज्यान गुमाउनेको कूल संख्या १ हजार ५ सय ३८ जनाको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.