पौडेलको गिरफ्तारी :  देउवाले भने– सरकारको अधिनायकवादी आकांक्षा

पौडेलको गिरफ्तारी :  देउवाले भने– सरकारको अधिनायकवादी आकांक्षा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँमा पार्टीका नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यहार र गिरफ्तारीको निन्दा गरेका छन्। 

एक विज्ञप्ति निकाल्दै देउवाले उक्त्त घटनालाई सरकारको अधिनायकवादी आकांक्षा भएको पनि आरोप लगाएका छन्। 

‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिनका नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु’ देउवाले भनेका छन्। 

त्यस्तै पौडेललाई तत्काल विना शर्त रिहा गर्न र अन्यथा त्यसबाट उत्पन्न हुने परिस्थितिकको सामनाका लागि तयार बस्न पनि उनले सरकारलाई चेतावनी दिएका छन्। 

तनहुँको व्यास नगरपालिकाको बुल्दी खोलामा निर्माण गरिएको पुल उद्घाटन गर्न जाने क्रममा नेकपा कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए। त्यसपछि जिल्ला प्रशासनले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो। 

त्यहीबीचमा कार्यक्रमस्थल जान लागेका पौडेललाई निषेधाज्ञा क्षेत्रमा प्रवेश गरेको भन्दै प्रहरीले लछारपछार गर्दै नियन्त्रणमा लिएको थियो। अहिले पनि उनी प्रहरी हिरासतमै छन्।


Leave a Reply

Your email address will not be published.