‘नालायक सरकार मुर्दावाद’ भन्दै माइतिघरमा नेविसंघको वृहत प्रदर्शन

‘नालायक सरकार मुर्दावाद’ भन्दै माइतिघरमा नेविसंघको वृहत प्रदर्शन

तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध भएको धरपकड र गिरफ्तारीविरुद्ध नेपाल विद्यार्थी संघले माइतिघर मण्डलामा विराेध प्रदर्शन गरेको छ।

नेविसंघ अध्यक्ष राजीव ढुंगाना नेतृत्वको टोलीले बुधबार माइतिघर मण्डलामा वृहत प्रदर्शन गरेको हो।

प्रदर्शनमा नेविसंघका कार्यकर्ताले 'राज्य आतंक बन्द गर', 'नालायक सरकार मुर्दावाद' लगायत नारा लगाएका थिए।

प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष ढुंगानाले सरकार अधिनायकवादी भएको बताउँदै देशभर आन्दोलन चर्काउने बताए।

उनले कांग्रेस नेतामाथि मात्रै नभए लोकतन्त्र माथिको आक्रमण भएको आरोप लगाए। सरकारको रबैयाले कम्युनिस्टमा लोकतान्त्रिक रचित्र नहुने प्रस्ट भएको बताए।


Leave a Reply

Your email address will not be published.