सरकारले शक्तिको दुरुपयोग गर्‍यो : वरिष्ठ नेता पौडेल

सरकारले शक्तिको दुरुपयोग गर्‍यो : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गर्न खोजेको आरोप लगाएका छन्।

निषेधाज्ञा तोडेको आरोपमा आज अपराह्न प्रहरी कार्यालयमा राखिएका नेता पौडेल साढे तीन घन्टापछि रिहा भएका छन्। रिहा लगत्तै उनले उक्त अभिव्यक्ति दिएका हुन्।

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेको आरोपमा अपराह्न २ बजे प्रहरीले नेता पौडेललाई पक्राउ गरेको थियो।

प्रहरीले वरिष्ठ नेता पौडेल, कांग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो। 

तनहुँ कांग्रेसले आज भएको घटनाको विरोध गर्दै बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ।


Leave a Reply

Your email address will not be published.