भारतसँग एक लाख टन चामल ‘बेसाउँदै’ चीन

भारतसँग एक लाख टन चामल ‘बेसाउँदै’ चीन

खाद्य संकट टार्नका लागि चीनले भारतसँग निकै सस्तो चामल किन्ने सम्झौता गरेको छ। 

समाचार एजेन्सी रोटर्सका अनुसार चीनले ३० वर्षमा पहिलोपटक भारतसँग चामल खरीद गर्ने सम्झौता गरेको हो। 

सीमानामा भएका सैनिक झडपपछि ‘वाकयुद्ध’ चलिरहेका बेला चीनले भारतसँग गरेको यो एउटा महत्वपूर्ण व्यापार सम्झौता हो। 

समाचारमा बताइएअनुसार चीनले भारतमा निकै सस्तो दरमा पाइने ‘टुक्रे चामल’ किन्ने सम्झौता गरेको हो। 

भारतका व्यापारीले पहिलो चरणमा करिब १ लाख टन चामल चीन निर्यात गर्ने सम्झौता गरेका छन्। 

भारत विश्वमा सबैभन्दा धेरै चामल निर्यात गर्ने देश हो भने चीन सबैभन्दा धेरै चामल आयात गर्ने देश हो। 

चीनका करिब एक अर्ब ४० करोड जनताको पेट भर्नका लागि चीनले वर्षेनी करिब ४० लाख टन चामल आयात गर्छ। पछिल्ला केही वर्ष भने भारतीय चामलको ‘गुणस्तर’मा प्रश्न उठाउँदै चीनले भारतसँग चामल किनेको थिएन। 

विश्वको करिब २२ प्रतिशत आवादी रहेको चीनमा विश्वको करिब ७ प्रतिशत कृषीयोग्य जमीन छ। 

१९४९ को औद्योगिक क्रान्तिसँगै चीनमा तीव्र सहरीकरण र औद्योगीकरण सुरु भयो। चीनमा भएको करिब २० प्रतिशतभन्दा धेरै कृषीयोग्य जमिन औद्योगीकरणमा गुमेको छ। जसले गर्दा चीनलाई खाद्यान्न भने बाहिर देशबाट बेसाउनुपर्छ। 

भारतसँग सम्बन्ध बिग्रिदैं गएपछि चीनले थाइल्याण्ड, भियतनाम, म्यानमार तथा पाकिस्तानसँग चामल खरिदका लागि प्रक्रिया सुरु गरेको थियो। यी देशसँग पनि सिमित मात्रामा चामल हुन्छ। त्यतिमात्रै होइन यी देशहरूले चीनलाई भारतीय मूल्यभन्दा प्रतिटन ३० डलर बढीमा चामल बेच्ने प्रस्ताव गरेका थिए। 

व्यापारीहरुका अनुसार यही डिसेम्बरदेखि फेब्रुअरी बीचमा चीनले भारतबाट १ लाख टन चामल खरिद गरिसक्नेछ। 

यो चामल चीनले भारतसँग प्रतिटन ३०० डलरको भाउमा किन्दैछ। 

‘पहिलोपटक चीनले भारतसँग चामल खरिद गर्दैछ’ चामल निर्यात संघ भारतका अध्यक्ष बिभी कृष्ण रावले भने ‘चामलको क्वालिटी भएपछि उसले आगामी वर्ष चामलको मात्रा बढाउन पनि सक्छ।’ 

एजेन्सीको सहयोगमा


Leave a Reply

Your email address will not be published.

थप समाचार