‘मसाला किंग’ तथा एमडिएचका मालिक धर्मपाल गुलाटीको निधन

‘मसाला किंग’ तथा एमडिएचका मालिक धर्मपाल गुलाटीको निधन

भारतको एमडिएच मसाला ब्रान्डका मालिक महाशय धर्मपाल गुलाटीको निधन भएको छ। मसाला किंगका नामले पनि चिनिने उनको आज बिहान निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

९८ वर्षीय गुलाटीको दिल्लीस्थित माता चन्नन देवी अस्पतालमा निधन भएको हो। उनलाई केही समयअघि कोरोना देखिएपनि उपचारपछि निको भएका थिए।

गुलाटीको जन्म सन् १९२३ मा पाकिस्तानमा भएको थियो। उनी भारत–पाकिस्तान विभाजनपछि सन् १९४७ मा भारत आए र अमृतसरको एक शरणार्थी शिविरमा बसे। त्यसबेला उनीसँग मात्र १५ सय रुपैयाँ थियो। पछि उनले ६ सय ५० रुपैयाँमा टाँगा किने र चलाए। 

त्यसको केही समयपछि उनी दिल्ली आए र एक स्टोर खोलेर मसाला बेच्न सुरु गरे। उनले सन् १९५९ मा आधिकारिक रुपमा कम्पनीको स्थापना गरेका थिए। पछि उनको कम्पनीका मसलाको विश्वभर माग बढ्यो र उनी अन्तर्राष्ट्रिय निर्यातकर्ता बने। 

सन् २०१९ मा भारत सरकारले उनलाई पद्म भुषण प्रदान गरेको थियो। 

गुलाटीले सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान पुर्याएका छन्। उनले थुप्रै ठाउँमा विशेष गरी ग्रामिण इलाकाहरुमा स्कुल तथा स्वास्थ्य चौकीहरुको निर्माण गरेका छन्।

MDH मसाला किंग पद्मभूषण धर्मपाल गुलाटी का 98 वर्ष की उम्र में निधन, देश में  शोक की लहर - MP Breaking News


Leave a Reply

Your email address will not be published.