१६ सयले बढ्यो सुनको भाउ, चाँदीको पनि उकालो 

१६ सयले बढ्यो सुनको भाउ, चाँदीको पनि उकालो 

नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको ९१ हजारमा किनबेच भएको छापावाल सुनको भाउ बिहीबार ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ।

तेजावी सुनको भाउ ९२ हजार १ सय १५ रुपैयाँ कायम भएको छ।

यसैगरी, बिहीबार चाँदीको भाउ पनि उकालो लागेको छ। महासंघका अनुसार चाँदीको भाउ २० रुपैयाँले बढेर १ हजार २ सय ५ रुपैयाँ कायम भएको छ।
 


Leave a Reply

Your email address will not be published.