झापामा पेट्रोलियम भण्डारण परियोजना सुरु 

झापामा पेट्रोलियम भण्डारण परियोजना सुरु 

सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा एलपिजी ग्यास भण्डारण र बोटलिङ प्लान्ट निर्माणको काम सुरु भएको छ। 

प्रदेश १ को झापामा सुरु हुन लागेको यो परियोजनाबाट कम्तिमा तीन महिना धान्न सक्ने पेट्रोलियम भण्डारण गर्न सकिने छ। 

नेपाल आयल निगमका अनुसार निगमको झापास्थित जग्गामा ४० हजार किलोलिटर क्षमताको भण्डारण र सिलिगुढीबाट झापा पाइपलाइन जोड्ने परियोजनाको खाका तयार भइसकेको छ। 

आयल निगम तथा इन्डियन आयल कर्पोरेसन (आइओसी) ले त्यसको संयुक्त सर्भे पनि गरिसकेका छन्। संयुक्त सर्भे टोलीले पहिचान गरेका स्टकमध्ये उपयुक्त रुट यकिन पनि निगमको प्राविधिक टोलीले गरिसकेको छ। 

यस परियोजनाबाहेक सोही लागतमा निर्माण हुने करिब ४ हजार टनको एलपी ग्यास भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण गर्न अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त भई काम पनि सुरु भइसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। 

भद्रपुर विमानस्थलमा निगमका लागि रिफ्युलिङ सेवा वैज्ञानिक र प्रभावकारी बनाउन निगमकोे साना एभिएसन परियोजनाअन्तर्गत अत्याधुनिक प्रविधियुक्त ६० हजार लिटर क्षमताका दुईवटा भण्डारण ट्यांक निर्माण कार्य पनि सुरु भइसकेको निगमले जनाएको छ। 

यसैबीच संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सदस्यहरू भीमसेनदास प्रधान, मायादेवी न्यौपाने र अमृतादेवी अग्रहरीलगायतको टोलीले ती परियोजनाको अनुगमन तथा निरीक्षण गरेको छ।


Leave a Reply

Your email address will not be published.