‘प्रहरीको पानी पेट्रोल बन्न सक्छ’

‘प्रहरीको पानी पेट्रोल बन्न सक्छ’

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको धरपकडको घट्नाको विरोधमा नेपाल तरुण दल बाँकेले बिहिबार नेपालगन्जको  बिपी चोकमा विरोध कार्यक्रम गरेको छ।

केही बेर बिपी चोकमा टायर बालेर चक्का जाम गरेका तरुणदलका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल भएको थियो। कांग्रेस कार्ययकर्तालाई प्रहरीले धरपकड गर्न खोजेपछि केही बेर विवाद भएको थियो। 'प्रहरीको पानी पेट्रोल बन्न सक्छ' भन्दै नेपाल तरुण दल नेपालगन्ज नगर सभापति सन्दिप जंग शाहले सरकारलाई सर्वसत्तावादमा नलाग्न आग्रह गरे।

विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि तरुणदल बाँकेका कार्यकर्ताले प्रहरी हस्तक्षेपको प्रतिकार गरेका थिए।

विरोध कार्यक्रमपछि तरुणदल बाँकेका सचिव बिनोद रिजालको अध्यक्षतामा सम्पन्न कोणसभालाई नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति रमेश गुप्ता, बाँकेका नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट, नेपाल विद्यार्थी संघका चक्र रावतलगाएतकाले सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published.