यसरी मनाइयो अपाङ्ग दिवस

यसरी मनाइयो अपाङ्ग दिवस

खगेन्द्र नवजीवन केन्द्र जोरपाटीले २९औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ। एक समारोहकाबीच आज दिवस मनाइएको हो। 

केन्द्रकी प्रमुख सुर्य कुमारी गुरुङले दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविश्य भन्ने नाराका साथ नेपाल अपाङ्ग संघमा रहेकाहरू र बिआइए फान्डेसनबाट सहभागी भएकाहरूलाई समेटेर विभिन्न प्रतियोगिताको आयोजना गरिएको बताइन्।

कोरोनाले गर्दा सामाजिक दूरी कायम गरेर दिवस मनाइएको उनको भनाइ छ।

सन् १९९२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो।


Leave a Reply

Your email address will not be published.