भक्तपुरमा माइक्रोबसमा बगलीमारी भाग्ने दुईजना पक्राउ

भक्तपुरमा माइक्रोबसमा बगलीमारी भाग्ने दुईजना पक्राउ

माइक्रोबसमा बगलीमारी भाग्ने दुईजनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मोरङ् डाँगीहाट घरभई हाल काठमाडौं तिलगंगा बस्ने २८ वर्षीय बिकास राजबंशी र सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर ८ खाँडिचौर बस्ने २७ वर्षीय सन्तोष लामा रहेका छन्। उनीहरू आज बिहान १०ः३० बजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित बस स्टपबाट पक्राउ परेका हुन्।

गठ्ठाघरबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा पचाँस हजारसहित उनीहरू पक्राउ परेका महानगरीय प्रहरी पसिसर भक्तपुरले जनाएको छ। 

महानगरीय प्रहरी परिसर, भक्तपुर कन्ट्रोलको १०० नम्बरमा गठ्ठाघर घर भएका यमनाथ पौडेलले जानकारी दिएको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको परिसरका सूचना अधिकृत दिपक गिरीले बताए।

प्रहरी नायव निरीक्षक प्रकाश बगालेको कमाण्डमा खटिएको प्रहरी टोलीले कौशलटार बस स्टपबाट नियन्त्रणमा लिई खानतलासी गर्दा पचाँस हजार रकमसहित उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.