६६ अर्बको पुनर्कर्जा स्वीकृत 

६६ अर्बको पुनर्कर्जा स्वीकृत 

नेपाल राष्ट्र बैंकले ६६ अर्बको पुनर्कर्जा स्वीकृत गरेको छ।

राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ६९ अर्ब ४ करोडका लागि दरखास्त आह्वान भएकामा ६६ अर्ब स्वीकृत भएको जानकारी दिएका हुन्।

त्यसमध्ये १६ अर्ब रुपैयाँ पुनर्कर्जा बै‌ंक तथा वित्तीय संस्थामार्फत जारी भइसकेको उनले जानकारी गराए। स्वीकृत पुनर्कर्जामध्ये १५ लाखभन्दा तलको २३ अर्ब रुपैयाँ रहेको छ। 

राष्ट्र बैंकले साउन ६ गते पुनर्कर्जा कार्यविधि जारी गरेको थियो। पुनर्कर्जाको अधिकतम ब्याजदर पाँच प्रतिशतसम्म रहेकोमा विशेष पुनर्कर्जाको ब्याजदर ३ प्रतिशत मात्र रहेको छ। 

पुनर्कर्जामार्फत नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ वितरण गर्न लागेको हो।

कर्जावाललाई सहुलीयतपूर्ण दरमा थप कर्जा प्रदान गर्न पुनर्कर्जाको व्यवस्था गरिएको हो। यसको सीमा अधिकतम ५ करोड रुपैयाँ रहेको छ।

यसैगरी, ७२ अर्बको सहुलियतपूर्ण कर्जा पनि स्वीकृत भइसकेको उनले जनाए।

‘तरलता राम्रो छ। लगानीकर्ताको मनोबल बढेको पाइएको छ,’ उनले भने, ‘अर्थतन्त्रलाई पुनरुत्थान र रोजगारी बृद्धि गर्ने गरी नीति लिइएको छ।’

गभर्नर अधिकारीका अनुसार साउन यता २ सय १९ अर्ब निक्षेप संकलन भएकामा २ सय १ अर्ब कर्जा प्रवाह भएको छ। यो बुधबारसम्मको तथ्यांक हो।


Leave a Reply

Your email address will not be published.