नयाँ पार्टी खोल्दै भारतीय कलाकार रजनीकान्त

नयाँ पार्टी खोल्दै भारतीय कलाकार रजनीकान्त

भारतका चर्चित कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्। 

तमिल फिल्महरुबाट चर्चामा आएका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्ने र यसको औपचारिक घोषणा डिसेम्बर ३१ मा हुने बताएका छन्।

तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्वसन्ध्यामा उनले पार्टी खोल्ने र निर्वाचनमा जाने बताएका हुन्।

‘हामी एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौं। जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ। हामी त्यसमा अत्यन्त कडाइका साथ काम गर्नेछौं।’, उनले भनेका छन्।

उनले पार्टी खोल्ने निर्णयमा पुग्नु अगाडि धेरैसँग परामर्श पनि लिएको बताएका छन्।

तमिलनाडुमा सन् २०२१ को अप्रिलदेखि मेसम्म विधान सभा निर्वाचन हुने तय भएको छ।
 


Leave a Reply

Your email address will not be published.