केन विलियम्सनले लगाए दोहोरो शतक

केन विलियम्सनले लगाए दोहोरो शतक

वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा कप्तान केन विलियम्सले दोहोरो शतक बनाएका छन्। 

पहिलो टेस्टको दोस्रो दिन उनले १२५.२ ओभरमा ३ सय ७० बलमा शतक प्रहार गरेका हुन्। सो क्रममा उनले ३० चौका प्रहार गरे।

विलियम्सनको यो तेस्रो दोहोरो शतक हो। 

दोस्रो दिनको खेल चलिरहँदा विलियम्सनको शतकमा न्युजिल्याण्ड ठूलो स्कोरतर्फ अघि बढेको छ।

यो समाचार तयार पार्दासम्म न्युजिल्याण्डले १२९ ओभरमा ६ विकेट गुमाएर ४३२ रन बनाएकाे छ।
 


Leave a Reply

Your email address will not be published.